काठमाण्डौँ , कात्तिक ३ :

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्का प्रतिपक्षी दलहरूको बैठक बोलाउनुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान ९ बजे प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरो पछिको अवस्थाबारे छलफल हुने जनाइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल लगायतलाई छलफलमा बोलाइएको छ ।