काठमाडौं, भदौ ८ :

बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले आज विश्वासको मत लिदैछन् ।

यसका लागि प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले),नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्य मन्त्रीमा गरिएको समर्थन प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली काँग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ ।