आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

रविलाई पक्राउ गर्न लागिएको आशंका

· शुक्रबार, ३ कात्तिक, २०८१ मा प्रकाशित
रविलाई पक्राउ गर्न लागिएको आशंका
काठमाण्डौं, कात्तिक ३ :

आज बसेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको बिषयमा छलफल भएको छ ।

बैठकमा रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

रास्वपा नेता विराजभक्त श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रह राखेर  व्यवहार गरिए त्यो स्वीकार्य नहुने बताएका छन् ।

हिजो बसेको तीन दलको बैठकमा यस बिषयमा कुराकानी भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

हिजो बालुवाटारमा टीआरसीको बिषयमा छलफल गर्न नेपाली कांग्रेस,एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

विपक्षीहरुको बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार