काठमाण्डौं, कात्तिक ३ :

आज बसेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको बिषयमा छलफल भएको छ ।

बैठकमा रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

रास्वपा नेता विराजभक्त श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रह राखेर  व्यवहार गरिए त्यो स्वीकार्य नहुने बताएका छन् ।

हिजो बसेको तीन दलको बैठकमा यस बिषयमा कुराकानी भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

हिजो बालुवाटारमा टीआरसीको बिषयमा छलफल गर्न नेपाली कांग्रेस,एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

विपक्षीहरुको बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए