शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार

कांग्रेसले भदौ ११ मा गर्दैछ महिला उद्यमशीलता सम्मेलन

सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन समेत प्रदर्शनीमा राखिने छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
कांग्रेसले भदौ ११ मा गर्दैछ महिला उद्यमशीलता सम्मेलन
काठमाडौं, भदौ ८ :

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा  आयोजना गर्दे सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत गरिने जानकारी दिइएको हो । महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा मुलुकको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। 

एकदिने सम्मेलनमा स्टार्टअप, लघु, साना तथा मझौला उद्यम (एमएसएमई/एसएमई) क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान गरिनेछ। साथै लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका विज्ञहरूको सहभागितामा तीनवटा विषयगत प्यानल छलफल सञ्चालन गरिने उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी उपलब्ध गराउने केन्द्रसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। सम्मेलनमा १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार