
मकवानपुर, भदौ ८ :
बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे हुने भएको छ । बैठक प्रदेशका मुख्य मन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।
आज साँझ ८ बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उनले बताए ।