शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

भोटेकोशीमा आएको भीषण बाढीको असर चितवनसम्म पर्न सक्ने,सतर्कता अपनाउन आग्रह

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
भोटेकोशीमा आएको भीषण बाढीको असर चितवनसम्म पर्न सक्ने,सतर्कता अपनाउन आग्रह
रसुवा, भदौ १० :

चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जलविज्ञान तथा विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रम जोखिम बढेको बताएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले “बाढी मुङ्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । विशेषगरी पृथ्वी राजमार्गलगायत नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न आवश्यक छ,” भने ।

यसैबीच, धादिङ जिल्ला प्रशासन कार्यालयले पनि रसुवा जिल्ला प्रशासन कार्यालयबाट बाढीको पूर्व सूचनासहित सतर्कता अपनाउन आह्वान भएको जनाउँदै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार