शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
रसुवा, भदौ १० :

भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।

उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  

त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।

त्यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ । गजुरीस्थित बाहिनी ६ नं अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति पनि परिचालन भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार