काठमाडौं, भदौ १० :

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले सरकार, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा आम नागरिकलाई बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट भएर परिचालित हुन अनुरोध गरेका छन्।

भोटेकोसी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रभावितको उद्धार तथा राहतमा कुनै ढिलाइ नगर्न आग्रह गरेका हुन्।