
काठमाडौं, भदौ १० :
नेपाली सेनाले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्वार गरेको छ ।
उद्धारका क्रममा सेनाको स्वास्थ्यकर्मीको टोलीले घाइतेहरुलाई आवश्यक उपचार समेत गरेको छ । भोटेकोसी नदीमा बाढीको वितण्डा सुरु भए लगत्तै नेपाली सेना लगायतका प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।
सेनाका आधा दर्जनभन्दा बढी हेलिकोप्टर परिचान गरिएको छ । त्यसो त निजी क्षेत्रका हेलिकोप्टहरु पनि उद्धार कार्यमा प्रयोग गरिएको छ ।