शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पालुङटारबाट तीर्थयात्री बोकेर गोसाइँकुण्ड तर्फ गएको बस सम्पर्कविहीन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
पालुङटारबाट तीर्थयात्री बोकेर गोसाइँकुण्ड तर्फ गएको बस सम्पर्कविहीन
काठमाडौं, भदौ १० :

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण गोरखाको पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्री बोकेर गएको बस सम्पर्कविहीन भएको छ।

पालुङटार नगरपालिका–५ नौखोरबाट गोसाइँकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए। बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

पाण्डेका अनुसार पालुङटार–५ बाट दुई माइक्रोबस र एउटा बसमा स्थानीय तीर्थयात्री गोसाइँकुण्ड गएका थिए। तीमध्ये बाढी प्रभावित रसुवाको दोभान आसपासबाट उक्त बस सम्पर्कविहीन भएको जानकारी आएको उनले बताए।

‘बाढी आएपछि बसबाट सात जना हाम फालेर बाँच्यौं भन्दै सम्पर्कमा आएका छन्,’ पाण्डेले भने, ‘अरू कति जना थिए भन्नेबारे बुझ्ने काम भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालय गोरखाले पनि बस सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको र घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ। भोटेकोसीमा आएको बाढीका कारण गोसाइँकुण्डतर्फ तीर्थयात्रामा गएका अन्य यात्रुसमेत प्रभावित भएको जनाइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार