बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

भारतबाट थप ३७.५ टन राहत सामग्री काठमाडौं आइपुग्यो

विपद् राहत सामग्रीमा औषधि, खाद्यान्नका प्याकेट लगायतका रहेका छन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
भारतबाट थप ३७.५ टन राहत सामग्री काठमाडौं आइपुग्यो
काठमाडौं, भदौ ११ :


भारतले बाढी प्रभावितका लागि थप राहत तथा मानवीय सहायता सामग्री पठाएको छ । भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर–३ हेभी–लिफ्ट विमानमार्फत  ३७.५ टन राहत सामग्री काठमाडौं ल्याइएको छ ।   विनाशकारी बाढीले क्षति पुर्याएकै दिन बुधबार राति भारतले पहिलो चरणमा राहत सामग्री ल्याएको थियो ।

३७.५ टन सामग्रीमा मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खाद्यान्नका प्याकेट रहेका छन्। भारतका विदेशमन्त्री एस जयशंकरले भारत नेपालका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै विपद्का बेला नेपाललाई निरन्तर दृढतापूर्वक सहयोग गर्ने बताएका छन्।  भारतले बाढी तथा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार