काठमाडौं, भदौ ११ :

रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म  ३५९ जनाको शव फेला परेको हो ।

प्राप्त विवरण अनुसार सबैभन्दा धेरै चितवनमा १३२ जनाको शव फेला परेको छ। यसैगरी पूर्वीनवलपरासीमा ८२ जना, धादिङमा ३३ जना, गोरखामा ३० जना, रसुवामा १७ जना, पश्चिम नवलपरासीमा १५ जना, नुवाकोटमा २८ जना र तनहुँमा २२ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्ने क्रम जारी छ। विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमध्ये हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन छन् ।ब
बाढीको चपेटामा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसअनुसार सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा ३१ जना, ट्रमा सेन्टरमा २२ जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, मनमोहन अस्पतालमा १ जनाको उचार भइरहेको छ।