काठमाडौं, भदौ ११ :

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग गरेका छन् । उनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने जनाइएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी सो जानकारी दिएको हो ।