कास्की, कात्तिक ३ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै अब लामिछानेलाई पक्रने तयारी कास्की प्रहरीले गरेको छ ।
आज दिनभर लामिछानेलाई पक्राउ गर्ने समाचार आइरहेका थिए ।
समाचार सार्वजनिक भएसँगै रास्वपाका कार्यकर्ताहरु पोखरा कार्यालयमा भेला भएका छन ।
यसअघि सहकारी छानवीन समितिले लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको थियो ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानी गरेको पुष्टि छानवीन समितिले गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने