बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता #विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता
समाचार

जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

सक्रिय न्युज · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार
भदौ १२ :

रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूलीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा फसेका १९१ जनाको आज उद्धार गरिएको छ ।

सुरुङमा फसेका ती इञ्जिनियर, प्राविधिक र मजदुरलाई नेपाली सेनाको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो । सेनाले आज बिहानदेखि अपराह्नसम्म रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत इलाकाबाट ५६ जना विदेशीसहित ९०० जनाको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही भदौ १० गतेदेखि हालसम्म स्थल र हवाई साधनमार्फत दुई हजार १०१ जनाको उद्धार गर्नु गरेको छ । काठमाडौँबाट त्रिशूलीसम्म स्थलमार्ग र हेलिकप्टरबाट राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।

सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र त्रिशूलीमा ४५६ र धुन्चेमा १०५ गरी जम्मा ५६१ जनालाई आज स्वास्थ्य सेवा प्रदान गरेको छ । ती केन्द्रबाट हालसम्म एक हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

प्रभावित जिल्लामा करिब छ हजार ७०० भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको छ ।

शनिबार नदी किनारामा शव खोज तलास तथा व्यवस्थापनमा सहयोग, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका टनेलमा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउन सैन्य शक्ति परिचालित हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार