
रास्वपाका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन । उनलाई आज काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो ।
पक्राउ परेसँगै रविलाई पोखरा लैजाने प्रहरीले जानकारी दिएको छ ।
रविलाई पक्राउ गर्दा पार्टी कार्यालय बालाजुमा समर्थकहरुको खचाखच भीड थियो ।
कार्यकर्ताहरुले रवि लामिछाने प्रकाउ पर्दा प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी लगाएका थिए ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।