शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
स्वास्थ्य

गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न

दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न
काठमाडौं, भदौ १५ :

स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहिबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो ।

यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमावापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार