पोखरा, कात्तिक ४ :

काठमाडौँबाट नियन्त्रणमा लिई  पोखरा पुर्‍याईएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई अहिले  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको  छ ।

लामिछानैकै चाहानाअनुसार स्थलमार्गबाट  पोखरा पुर्याईएको हो ।

स्थलमार्गवाट पोखरा लैजानेक्रममा सभापति लामिछानेका समर्थकले ठाउँ ठाउँमा नारावाजी गरेका थिए ।

गए राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

सभापति लामिछानेलाई पक्राउ गरेलगत्तै कास्की पोखरा लगिएको हो ।।