शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

इरानले इजरायललाई धम्की दिएपछि जेट र युद्धपोत पठाउने अमेरिकाको तयारी

· शनिबार, २० साउन, २०८१ मा प्रकाशित
इरानले इजरायललाई धम्की दिएपछि जेट र युद्धपोत पठाउने अमेरिकाको तयारी

काठमाण्डौं, साउन १९: अमेरिकाले सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ । 

इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर सो क्षेत्रमा तनाव बढेको छ।

मिसाइल रक्षा बलहरू तैनाथ गर्न तयारी अवस्थामा रहेको र इजरायलको रक्षा गर्ने आफ्नो प्रतिबद्धता रहेको पेन्टागनले जनाएको छ । 

इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई कठोर सजाय दिने बताएका छन् ।
बुधवार तेहरानमा हमास नेता हनियाह मारिएका हुन् । इरानले र हमासले हत्यामा इजरायललाई आरोप लगाएको छ तर इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

६२ वर्षीय हानियाहलाई हमासको समग्र नेता मानिन्थ्यो र गाजा युद्धमा युद्धविराममा पुग्ने उद्देश्यले भएको वार्तामा महत्वपूर्ण भूमिका खेलेको थियो।
इजरायलले लेबनानमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि नै उनको हत्या भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार