काठमाडौं, भदौ १९ :

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका कविर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।

बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको थियो । जीवित उद्धार भएपछि कविरका आफन्तजनहरु सैनिक अस्पताल पुगेका छन् । 

सो क्रममा गरिएका कविर महर्जनकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार र उपचारमा खटिने नेपाली सेना , चिकित्सक टोली, आफन्तजन तथा नेपाल सरकारलाई विशेष धन्यवाद व्यक्त गरिन् । उनले हेलिकप्टरबाट ल्याउँदा सुरुमा आफन्तलाई चिन्न नसकेको र केवल ‘म कहाँ छु, मलाई के भएको हो?’ मात्र भनेको जानकारी दिए ।

परिवारले दिन–रात नभनी विगत १० दिनदेखि चिन्ता र पर्खाइमा बिताएको र उद्धार भएको खबर र तस्बिर देखेपछि परिवारमा खुसीको आँसु आएको र सबैजना निकै भावुक बनेको महर्जनले बताइन् ।