शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार

त्रिशूली–३ ‘ए’ मा दोहोर्‍याएर खोज्दा थप कोही फेला परेनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ भदौ, २०८३ मा प्रकाशित
त्रिशूली–३ ‘ए’ मा दोहोर्‍याएर खोज्दा थप कोही फेला परेनन्
नुवाकोट, भदौ १९ :

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा दोहोर्‍याएर खोजी गर्दा पनि थप कोही फेला नपरेको जनाइएको छ। सुरुङभित्र करिब ४० जना फसेको आशंका गरिएको थियो। खोजी तथा उद्धारका क्रममा आज बिहान दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको थियो।

खोजी कार्यमा संलग्न इन्जिनियर उदय न्यौपानेका अनुसार सुरुङको पूरै खण्डमा दोहोर्‍याएर खोजी गर्दा थप कोही पनि फेला परेका छैनन्। न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले पनि पूरै खण्डभित्र गएर फेरि जाँच गरेँ, तर कोही पनि भेटिएन।’

नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरीका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र खोजी तथा उद्धार गरेको थियो। टोलीले दुई जनालाई जीवितै उद्धार गरेको हो। उद्धार गरिएका दुवै जनाको काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीमा उपचार भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार