शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश बागमती प्रदेश

बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी

१२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ भदौ, २०८३ मा प्रकाशित
बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
रसुवा, भदौ २१ :

बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ । ड्रोन ढुवानी सेवाको पहिलो दिन आज स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्‍याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ ।    

आज १२ वटा उडानमार्फत करिब ६६४ किलो खाद्यान्न ढुवानी गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । उनका अनुसार यसैगरी आज टिमरेको घट्टेखोलामा तीन, हाकु क्षेत्रमा दुई र डाँडा गाउँ क्षेत्रमा एक गरी छ वटा सिम्रिक एयरको हेलिकप्टरमार्फत शव व्यवस्थापनका लागि नुवकोटाको विदुर पठाइएको छ । यही भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेर रसुवामा अहिलेसम्म १६९ शव सङ्कलन गरिएको जिल्लाका प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार