प्रहरीले ललितपुरबाट ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सूचनाका आधारमा ललितपुर प्रहरीले ललितपुरको भोलढोकामा स्कुटरको अगाडि प्लास्टिकको झोलामा राखेर ल्याइँदै गर्दा १७ हजार पिस ट्रामाडोलसहित २ जना पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको बयानका आधारमा ललितपुर–७, दुपार्टस्थित एक कोठामा खानतलासी गर्दा थप ८८ हजार १३० पिस ट्रामाडोल र कारोबारमा संलग्न १ जना महिला पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए । उनले दुई स्थानबाट गरी जम्मा १ लाख ५ हजार ५३० पिस प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद भएको बताए । पक्राउ परेका व्यक्तिको रेकर्ड जाँच गर्दा यसअघि पनि यस्तै लागुऔषध मुद्दामा संलग्न रहेको पाइएको उनले बताए ।
ललितपुरमा ठुलो परिमाणमा बरामद भएको यो दोस्रो पटक भएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय, ललितपुरमा राखेर मुख्य सञ्जाल पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ