शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स #सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स
समाचार प्रदेश बागमती प्रदेश

जेनजी सहिद योगेन्द्र न्यौपानेको शालिक अनावरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
जेनजी सहिद योगेन्द्र न्यौपानेको शालिक अनावरण
सिन्धुली, भदौ २३ :

देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ ।

उनको जन्मथलो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारवेसीस्थित सुनकोशी किनारको उकास जग्गामा निर्माण गरिएको शालिकको गाउँपालिका अध्यक्ष शङ्करराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले आज अनावरण गरेका हुन् । सोही कार्यक्रममा त्यहाँ निर्माण गरिएको सहिद स्मृति पार्कको उद्घाटन गरियो ।

सिन्धुली स्थायी घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्दै आएका रोशनको मुलुकको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्न नवपुस्ताद्वारा नयाँ बानेश्वरमा आयोजित आन्दोलनमा सहभागी हुँदा गोली लागि निधन भएको थियो । गोलञ्जोरकै स्थानीय प्राथमिक विद्यालयका शिक्षक एवं रोशनका पिता युवराज न्यौपाने सुरु गरेको शालिक र स्मृति पार्क निर्माणमा पालिकाले पाँच लाख सहयोग उपलब्ध गराएको थियो ।

सरकारले उक्त आन्दोलनका क्रममा नवपुस्ताबाट भएको बलिदानीको कदर गर्दै आज सार्वजनिक बिदासहित जेनजी सहिद दिवस मनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार