शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स #सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स
समाचार प्रदेश बागमती प्रदेश

अनुहारनै नमिलेपछि जेन्जी सहिदको सालिक अनावरण रोकियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
अनुहारनै नमिलेपछि जेन्जी सहिदको सालिक अनावरण रोकियो
ललितपुर, भदौ २४ :

ललितपुरको सातदोबाटोमा बुधबार सहिदको सालिक अनावरण गर्ने कार्यक्रम अन्तिम समयमा रोकिएको छ।

सालिकमा सहिदको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि अनावरण रोकिएको हो। परिवारले सालिक सच्याएर मात्रै अनावरण गर्नुपर्ने अडान लिएपछि निर्धारित कार्यक्रममा पुगेका गृहमन्त्री सुधन गुरुङ पनि सालिक अनावरण नगरी फर्किएका छन्।

सहिद खतिवडाकी आमा तथा सांसद रचना खतिवडाले सालिक निर्माणका क्रममा नै अनुहार नमिलेको विषयमा आफूले जानकारी गराएको बताइन्। उनका अनुसार सालिकमा कसैको पनि अनुहार स्पष्ट रूपमा नमिलेको भन्दै अनावरणअघि नै सच्याउन आग्रह गरिएको थियो।

‘सहिदको सालिक भनेको परिवारका लागि मात्र होइन, उहाँलाई सम्झिने सबैका लागि भावनासँग जोडिएको विषय हो,’ उनले भनिन्, ‘अनुहार नै नमिलेपछि त्यसलाई जस्ताको तस्तै अनावरण गर्नु उचित हुँदैन।’

परिवारजनको आग्रहपछि निर्माण समितिले एक महिनाभित्र नयाँ सालिक तयार गर्ने जनाएको छ।सालिक तयार भएपछि परिवारजनसँग समन्वय गरेर पुनः अनावरणको मिति तय गरिने बताइएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार