बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

कामपाको सम्पर्कमा रहेका १३२ जना बाढी प्रभावित बालबालिकालाई विद्यालय भर्ना

वचन र व्यवहारले बालबालिकालाई थप चोट नपुर्‍याउन शिक्षक/शिक्षिकालाई कार्यवाहक प्रमुख डङ्गोलको आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ भदौ, २०८३ मा प्रकाशित
कामपाको सम्पर्कमा रहेका १३२ जना  बाढी प्रभावित बालबालिकालाई विद्यालय भर्ना
काठमाडौं, भदौ २६ :

भोटेकोसी बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ ।

काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीहरुसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन् ।  नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए ।

उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा हुनुहुन्न । केहीका बुवा आमामध्ये एक जना हुनुहुन्न । कसैका दुवै हुनुहुन्न । विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पु¥याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ । 

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार