आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

सर्वोच्चका रजिस्ट्रार पोखरेलसहित ३ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० भदौ, २०८३ मा प्रकाशित
सर्वोच्चका रजिस्ट्रार पोखरेलसहित ३ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस
काठमाडौं, भदौ ३० :

न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

न्याय परिषद्को मंगलबार बिहान बसेको बैठकले उनीहरुलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिस अनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ ।

त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।

त्यस्तै, बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरिएको छ । रजिष्ट्रारद्वय पोखरेल उच्च अदालतको न्यायाधीश र मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त भएपछि रिक्त रहेका पदमा दाहाल र कट्टेललाई सिफारिस गरिएको हो ।

बैठकले नै न्याय परिषद्को सचिवमा रामप्रसाद भट्टराईको नाम सिफारिस गरेको छ भने जिल्ला अदालतका न्यायाधीशहरूलाई पनि सरुवा गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार