आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार अर्थतन्त्र

भोटेकोशी बाढीः गरिमा विकास बैङ्कको एक करोड एक लाख सहयोग

सक्रिय न्युज · मंगलबार, ३० भदौ, २०८३ मा प्रकाशित
भोटेकोशी बाढीः गरिमा विकास बैङ्कको एक करोड एक लाख सहयोग
काठमाडौं, भदौ ३० :

गरिमा विकास बैङ्कले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड एक लाख ११ हजार सहयोग गर्ने भएको छ ।

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार प्रभावित जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैङ्कका कर्मचारीको एक दिनको तलब तथा भत्ताबापत रु १६ लाख २० हजार ५५० बराबरको सहयोग उपलब्ध गराइएको छ ।

यस्तै, बैङ्कका तर्फबाट रु ३४ लाख ९० हजार ५६१ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैगरी, बैङ्कले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु ५० लाख बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैङ्कले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार