आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश गण्डकी प्रदेश

मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
सक्रिय न्युज · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह
लम्जुङ, भदौ ३१ :

लगातार वर्षा भइरहेका कारण मस्र्याङ्दी नदीमा पानीको सतह बढेको छ ।

भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताए ।

नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढेको जानकारी पाउने गरिएको उनले जानकारी दिए । पछिल्लो समय पानी पर्ने क्रम जारी रहेकाले कति बेला के हुन्छ भन्ने एकिन गर्न सक्ने अवस्था नरहेको उनले बताए । निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

यसअघि २०७८ सालमा आएको बाढीले मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो । सो बाढीका कारण लमजुङ–मनाङ सडकखण्डलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार बिहान सडकको माथिल्लो भागबाट पहिरोसहित ढुङ्गा–माटो खसेर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खुदीबाट प्रहरी सहायक हवल्दार रामकुमार श्रेष्ठको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको उनले जानकारी दिए ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको सूचना अधिकारी क्षेत्रीले बताए ।

खरखरे भिर प्रहरी चौकी खुदीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ । खरखरे भिरमा वर्षायाममा पटकपटक पहिरो खस्ने गरेको छ । यसअघि पनि पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको थियो । वर्षा जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको र सडक खुलाउने क्रममा समेत सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार