आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश कोसी प्रदेश अर्थतन्त्र

चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह
झापा, भदौ ३१ :

झापा उद्योग वाणिज्य सङ्घले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन गर्न आग्रह गरेको छ ।

सङ्घले व्यापारीलाइ बिक्री गरिने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) तथा व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न भनेको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले चाडपर्वका समयमा बजारमा चाप बढ्ने भएकाले उपभोक्तालाई सहज हुनेगरी व्यवसाय सञ्चालन गर्न तथा नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए।

यसैबीच, चाडपर्वलाई मध्यनजर गर्दै सङ्घले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म साप्ताहिक बजार बन्दको व्यवस्था अस्थायी रूपमा हटाएको छ । उक्त अवधिमा उद्योग, पसल तथा व्यवसाय नियमित सञ्चालन गर्न सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।

आगामी कात्तिक ३० गतेपछि भने साविककै व्यवस्थाअनुसार साप्ताहिक रूपमा उद्योग, पसल तथा व्यवसाय बन्द रहने सङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार