सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
राजनीति

सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ असोज, २०८३ मा प्रकाशित
सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने चेतावनी
काठमाडौं, असोज १ :

नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने भन्दै कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जाने बताएका हुन् । वर्तमान सरकारले कर्मचारी संयन्त्रमाथि अनावश्यक नियन्त्रण र दबाब सिर्जना गरी आतङ्कित पार्ने काम गरेको उनले आरोप लगाए।

उनले भदौ १७ र ३१ गते सर्वोच्च अदालतमा भएको आगलागी, काठमाडौँ जिल्ला अदालतबाट मुद्दाका मिसिलहरू रहस्यमय रूपमा चोरी भएको घटनाको छानबिन गर्न माग गरे । सांसद शाहीले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले अबका भौतिक संरचना जलवायु जोखिमलाई सम्बोधन गर्ने गरी निर्माण गरिनुपर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको माग दृढतापूर्वक राख्नुपर्ने धारणा राखे ।

साथै उनले चाडपर्वका बेला महँगी र कालोबजारी रोक्न तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन माग गरे ।

मासिक ४५ देखि ५० हजार मेट्रिक टन एलपी ग्यास माग रहेकोमा पछिल्लो ४ महिनामा २० देखि २५ हजार मेट्रिक टन मात्र आयात भएको भन्दै उनले कूटनीतिक पहल मार्फत आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार