काठमाडौं, असोज २ :

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतले मागेको २२ लाख रुपियाँ धरौटी  बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ। 

दुईवटा बैंकिङ कसुर मुद्दामा अदालतले उनीसँग धरौटी माग गरेको थियो । भदौ २९ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्कने क्रममा प्रहरीले उनलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो। 

बाढीपीडितको उद्धार तथा राहत वितरण कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा रायसुझाव लिन बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुलाई सिंहदरबार डाकिएको थियो ।