शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
समाचार प्रदेश बागमती प्रदेश

त्रिशूली–१ को सुरुङमा भेटिका २४ शवको सनाखत भएन, आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ असोज, २०८३ मा प्रकाशित
त्रिशूली–१ को सुरुङमा भेटिका २४ शवको सनाखत भएन, आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह
रसुवा, असोज ४ :

त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ जनाको शव नुवाकोट ल्याइएको छ। असोज १ र २ गते गरी  सुरुङबाट  २४ वटा शव निकालिएको हो। ती शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याइएको छ।

शव सनाखतका लागि मृतकका परिवार तथा आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह गरिएको छ। बाढीपछि सम्पर्कविहीन रहेका आफन्तको शव हुन सक्ने भएकाले पहिचानका लागि परिवारजनलाई आवश्यक सहयोग गर्न अनुरोध गरिएको हो।बाढीपछि सम्पर्कविहीन भएका नेपाल प्रहरी र नेपाली सेनाको पनि खोजी जारी रहेको छ । प्रहरीतर्फ अहिलेसम्म दुईजनाको शव फेला परे पनि अन्यको स्थिति पत्ता लाग्न सकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार