
काठमाडौं, असोज ४ :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा पछिल्लो राष्ट्रिय राजनीति, रसुवा बाढी पहिरोपछिको अवस्था, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने बताइएको छ । बाढीपीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुने र यसैका आधारमा सरकारको पनि ध्यानाकर्षण गराइने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।