शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
राजनीति भिडियो

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, सदस्यलाई बोल्न तीन मिनेटको समय

आफ्नो आसन छाड्दा वा बोल्न चाहँदा अध्यक्षको अनुमति लिनुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ असोज, २०८३ मा प्रकाशित
एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, सदस्यलाई बोल्न तीन मिनेटको समय
काठमाडौै, असोज ५ :

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ।  बैठकको सुरुवातमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरेका छन्। प्रतिवेदन अध्ययनपछि धारणा राख्दा विषय केन्द्रित भएर बोल्न उनले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।

निर्धारित समयमा आफ्ना सबै विषय राख्न नभ्याए लिखित रूपमा सुझाव तथा धारणा प्रस्तुत गर्न सकिने बताइएको छ।बैठकको अनुशासनबारे जानकारी दिँदै ओलीले मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन निर्देशन दिए। बैठकमा मोबाइलबाट भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ गर्नसमेत रोक लगाइएको छ।

त्यसैगरी, बैठकमा आफ्नो आसन छाड्दा वा बोल्न चाहँदा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको जानकारी ओलीले दिए। अध्यक्षको राजनीतिक प्रतिवेदन अध्ययनका लागि आजको बैठक चाँडै टुंग्याइने र मंगलबारदेखि प्रतिवेदनमाथि छलफल अघि बढाइने बताइएको छ। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार