शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहारमा गम्भीर समीक्षा आवश्यक : धिताल

चालकलाई मात्र दोष थोपारेर समस्या समाधान हुँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ असोज, २०८३ मा प्रकाशित
ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहारमा गम्भीर समीक्षा आवश्यक : धिताल
काठमाडौं, असोज ६ :

रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आमस्मिक समयमा सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन् ।

उनले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरिन् ।

उनले चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने लामो समय तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताइन् । चालकलाई मात्र दोष थोपारेर समस्या समाधान नहुने भन्दै उनले राज्य, सम्बन्धित निकायहरू, यातायात व्यवसायी तथा स्वयं चालक समेत गम्भीर हुनुपर्ने धारणा राखिन् ।

त्यस्तै अन्य सांसदहरुले त्रिपुरेश्वरमा भएको घटनाप्रति दुख व्यक्त गर्दै सार्वजनिक सवारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर हुनुपर्ने बताएका छन् । साथै उनीहरुले उक्त घटनामा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार