
ललितपुर, असोज ६ :
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान अध्यक्षलाई हटाएर आफू अध्यक्ष हुन नखोजेको स्पष्ट पारेका छन् । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । अध्यक्षलाई हटाउन खोजियो भनेर जुन खाले व्याख्या गरियो त्यो गलत थियो भनी प्रष्टीकरण दिए ।
महासचिव पोखरेलले अध्यक्ष ओलीको प्रतिवेदनको समर्थनमा बोलेका छन् ।अध्यक्षले रियलाइजेसन गरेको हुँदा यसमा कुनै विमति गर्नुपर्ने छैन, अब अध्यक्षको प्रतिवेदनलाई संश्लेषण गरेर अगाडि जानुपर्छ,’ उनले भनेका छन्।
पार्टी पुनर्गठन गर्नुको विकल्प नभएको बताउँदै आएका पोखरेलले अहिले आएर अध्यक्षको प्रतिवेदनलाई ठिक देखेका छन् । उनले समर्थन मात्र जनाएनन् की ठिक स्पिरिटमा रहेको र यसलाई नै संश्लेषण गरेर मिलाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।