
काठमाडौं, असोज ८ :
राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। दाहालकी छोरी डेनिकाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
मंगलबार उनलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश भएको थियो। विवादास्पद अन्तरवार्तापछि दिएपछि दाहाललाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।