
साउन २१ :
दाङ,साउन २०: टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।
हिजो घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
यसैबीच, मृतकका आफन्तले कारवाही तथा क्षतिपूर्तिको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।