शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश लुम्बिनी प्रदेश

टिपरको ठक्करबाट १ जनाको मृत्यु: आफन्तद्वारा सडक अवरुद्ध

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
टिपरको ठक्करबाट १ जनाको मृत्यु: आफन्तद्वारा सडक अवरुद्ध
साउन २१ :

दाङ,साउन २०: टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

हिजो घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

यसैबीच, मृतकका आफन्तले कारवाही तथा क्षतिपूर्तिको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार