चितवन, असोज ११ :

नारायणी नदीमा आएको बाढीले राइनो क्रुजसिप बगाएको छ ।बाँधेर राखिएको क्रुजसिपलाई बाढीले बगाउँदा पुलको पिलरमा अड्किँएको छ । 

सुरक्षालाई दृष्टिगत गर्दै अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ । पानीको बहाब बढिरहेको पुललाई क्षति पुर्‍याउन सक्ने जोखिम बढेको छ । भोटेकोशी बाढीमा पनि यसैगरी माथिका पुलहरु बगाएर तल्लो भागमा रहेका पुललाई घचेट्दा धेरै पुलहरु भत्किएका थिए । 

यो नारायणी नदीमा सञ्चालनमा आएको नेपालकै पहिलो लक्जरी रिभर क्रुज हो। जल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ राइनो वाटर इन्टरटेनमेन्ट प्रा. लि. र होटल रिभर क्राउनको संयुक्त लगानीमा यो क्रुज सेवा सुरु गरिएको हो। वर्षाका कारण हाल पानी जहाज सञ्चालन बन्द अवस्थामा थियो ।