बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
समाचार प्रदेश बागमती प्रदेश

पेप्सिकोला-ब्रह्मखेल सडकखण्डमा पुल निर्माण सुरु

समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न उपमेयरको निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
पेप्सिकोला-ब्रह्मखेल सडकखण्डमा पुल निर्माण सुरु
काठमाडौं, असोज १२ :

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ अन्तर्गत पर्ने पेप्सिकोला-ब्रह्मखेल सडकखण्डमा नयाँ पुल निर्माण कार्य सुरु भएको छ। उक्त सडकखण्डमा रहेको पुल साँघुरो तथा जीर्ण भएपछि आवागमनमा समस्या हुँदै आएको थियो। सोही कारण पुरानो पुलको विकल्पका रूपमा नयाँ पुल निर्माण अघि बढाइएको हो।

पुल निर्माण कार्य सम्पन्न नभएसम्म उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधनलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। निर्माणका क्रममा सडकमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो।

पुल निर्माणस्थलको उपप्रमुख शान्ता थापा, वडा नं. ४ का वडाध्यक्ष तथा वडा सदस्यहरूले स्थलगत अवलोकनसमेत गरेका छन्। निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै उपमेयर थापाले समयमै र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार