बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
राजनीति

पूर्वप्रधानन्यायाधीश जबरा गिरफ्तारी पञ्चायती शासनको पुनरावृत्ति : आनन्दप्रसाद ढुंगाना

सुशासनको नारा दिएर सरकारले व्यवहारमा हुकुमी शासन लाद्न खोज्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
पूर्वप्रधानन्यायाधीश जबरा गिरफ्तारी पञ्चायती शासनको पुनरावृत्ति : आनन्दप्रसाद ढुंगाना
काठमाडौं, असोज १२ :

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारको बैठकमा ढुंगानाले  बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाए ।

ढुंगानाले कानुनी शासन उपहास भइरहेकोप्रति प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे । हिजो पञ्चायतकालमा जसरी बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक विषय भएको उनले बताए  । 

सरकारले सुशासनको नारा दिएर व्यवहारमा भने हुकुमी शासन लाद्न खोजेको ढुंगानाको जिकिर छ । बहुमतको घमण्ड छाडेर सरकारलाई सच्चिन आग्रह पनि उनले गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार