बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
समाचार प्रदेश गण्डकी प्रदेश

कागेश्वरी मनोहरामा ‘नैतिक आचरण तथा सदाचार’सम्बन्धी प्रशिक्षण सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
कागेश्वरी मनोहरामा ‘नैतिक आचरण तथा सदाचार’सम्बन्धी प्रशिक्षण सम्पन्न
काठमाडौं, असोज १२ :

कागेश्वरी मनोहरा नगरपालिकामा दुई दिने ‘नैतिक आचरण तथा सदाचारसम्बन्धी प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ। 

जनहित संरक्षण मञ्च (प्रो पब्लिक) को आयोजनामा यही असोज ७ र ८ गते आयोजित उक्त कार्यक्रममा सार्वजनिक क्षेत्रमा रहने व्यक्तिका लागि आवश्यक निष्ठा , नैतिक आचरण र सदाचारको महत्त्वबारे विस्तृत छलफल गरिएको थियो।

प्रशिक्षणका क्रममा निष्ठाको अवधारणामाथि प्रकाश पार्दै कुनै पनि व्यक्ति निष्ठावान् हुनका लागि उसको कार्य, वचन, निर्णय, कार्यशैली र नतिजामा स्पष्ट रूपमा एकरूपता झल्किनुपर्ने कुरामा जोड दिइएको थियो।

सार्वजनिक क्षेत्रमा निष्ठाको आवश्यकता औँल्याउँदै निजामती कर्मचारीहरूलाई अधिकार र जिम्मेवारी सुम्पिने भएकाले उनीहरूमा उच्च स्तरको निष्ठा अनिवार्य रहेकोमा जोड दिइएको थियो ।

संकलित रकम वा कोषको सही व्यवस्थापन र अनुगमन कर्मचारीहरूकै काँधमा हुने भएकाले निष्पक्ष, प्रभावकारी र त्रुटिरहित सेवा प्रवाहका लागि सदाचारको भूमिका महत्त्वपूर्ण हुने सो अवसरमा व्यक्त गरियो।

जनतासँग प्रत्यक्ष जोडिने सार्वजनिक सेवालाई न्यायपूर्ण र कानुनसम्मत बनाउन यस्ता प्रशिक्षणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।प्रशिक्षण कार्यक्रममा नगरपालिकका सबै विभागका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार