शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : एसएसपी खड्कासँग आयोगको बयान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ असोज, २०८३ मा प्रकाशित
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : एसएसपी खड्कासँग आयोगको बयान
काठमाडौं, असोज १३ :

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ।

बयानका लागि उनी आज बिहान ११ बजे आयोगको कार्यालयमा पुगेका थिए । करिब आधा घण्टाको बयानमा एसएसपी खड्काले त्यस दिनको घटना र आफूलाई दिइएको जिम्मेवारीबारे आयोगलाई बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेपछि अनुगमनका लागि आइतबार टेकु पुगेको टोलीलाई भेट्न रोक लगाइएको भन्दै आयोगले एसएसपी खडकासँग बयान लिएको हो ।

संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट व्यवहार गरेको आयोगको आरोप छ। संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारसँग माग गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार