नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन भएको नयाँ सरकारले ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका हुन् । उनले सरकार बनेको सुरुवाती दिनमै सुकुम्बासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरिए पनि हालसम्म उनीहरूको उचित व्यवस्थापन हुन नसकेको बताए ।
संस्थानहरूमा राजनीतिक हस्तक्षेप र नियुक्ति गरिएको तथा पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइएको उनको भनाइ छ । त्यस्तै सांसद बरालले सरकार तथा प्रधानमन्त्री प्रतिनिधि सभाप्रति जवाफदेही हुन नसकेको र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सदनमा उपस्थित भएर जवाफ नदिएको उल्लेख गरे ।
उनले बजारमा महँगी, मिसावट, कृत्रिम अभाव नियन्त्रण हुन नसकेको तथा नागरिकलाई आधा सिलिन्डर ग्यास समेत सहज रूपमा दिन नसकेको बताए। भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा बाढी र विपद्बाट हजारौँ जनता पीडित भएको र उद्धार/खोजी कार्यमा सरकार अलमलिएको उनले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान