बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सीमा मिचेको सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
सीमा मिचेको सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग
काठमाडौं, असोज १४ :

 श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री अभिव्यक्ति राष्ट्रघाती भएकाले रोस्टमबाटै सच्याइनुपर्ने वा संसदको रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गरिँदै आएको स्मरण गराएका हुन् ।

बैठक सुरु हुनेबितिकै श्रम संस्कृतिका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसद अम्बिका देवी संग्रौलालाई समय दिएका थिए । उनले गत जेठ १७ गते संसदको रोस्टमबाट प्रधानमन्त्रीले नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताए ।

उक्त अभिव्यक्ति सच्चाउनुपर्ने वा रेकर्डबाट हटाउनुपर्ने माग सम्बोधन नभएकाले उक्त विषय कहिलेसम्म सम्बोधन हुन्छ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार