बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा

घटना घटाउन बाध्य पर्नेलाई कानुनी कारवाहीको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
काठमाडौं, असोज १४ :

त्रिपुरेश्वरमा भएको बस आगजनी घटनामा मृत्यु भएका चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबार पुगेका छन् । आफ्ना छोराको लागि न्याय माग्दै अर्जुनका आमा माइली माया दोङ लगाएत उनका श्रीमती बुधबार सिंहदरबार दक्षिण गेट अगाडी पुगेका हुन् । उनीहरुले अर्जुनलाई आगजनीको घटना घटाउन बाध्य पर्नेलाई कानूनी कारवाही हुनुपर्ने माग राखेका छन् । 

अर्जुनका आमाले छिटोभन्दा छिटो न्याय पाउनुपर्ने र घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग राख्दै निरन्तर धाइरहनु परेको बताइन् । उनले छोरालाई अरूको भरमा गाडी नचलाउन र घर आएर नागरिकता बनाउन बारम्बार आग्रह गरेको बताइन् ।

असोज ५ गते रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो । आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिए पनि ९० प्रतिशतभन्दा बढी शरीरको ९० प्रतिशत भाग जलेका चालक दोङको उपचारकै क्रममा मृत्यु भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार