बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार सुदूरपश्चिम प्रदेश

बाघको आक्रमणबाट एक जनाको मृत्यु

सक्रिय न्युज · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
कैलाली, असोज १६ :

 बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार