मिथिलाञ्चलमा विवाहित तथा सन्तान भएका महिलाले आफ्ना सन्तानको दीर्घायु,सुख,समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै मनाउने कठोर पर्व जितिया आजदेखि आरम्भ भएको छ।
जितिया पर्व अन्तर्गत महिलाहरूले करिब ३६ घण्टासम्म अन्न तथा जलसमेत ग्रहण नगरी निराहार उपवास बस्ने धार्मिक परम्परा रहेको छ। यसलाई मिथिलाका महिलाको कठोर व्रतका रूपमा लिइन्छ।
पर्वको प्रारम्भसँगै मिथिलाञ्चलका विभिन्न स्थानमा महिलाहरू जितिया व्रतको तयारीमा जुटेका छन्। व्रतालु महिलाहरूले परम्पराअनुसार स्नान, पूजा तथा विभिन्न धार्मिक विधि पूरा गरी व्रतको सङ्कल्प लिने गर्छन्। जितिया पर्वमा विशेषगरी जित वाहन देवताको पूजा तथा कथा श्रवण गर्ने धार्मिक मान्यता रहेको छ।
यस पर्वमा व्रतालु महिलाले सन्तानको स्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको कामना गर्दै कठोर उपवास बस्ने गर्छन्। परिवारका सदस्यहरूले समेत व्रतालुलाई आवश्यक पूजा सामग्री तथा अन्य तयारीमा सहयोग गर्ने गरेका छन्।
मिथिलाको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्व राख्ने जितिया पर्वमा जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लाका साथै भारतको सीमावर्ती मिथिला क्षेत्रमा पनि विशेष चहलपहल देखिएको छ।
जितियाको अवसरमा महिला समूह तथा परिवारहरूमा धार्मिक वातावरण बनेको छ भने विभिन्न स्थानमा व्रतसम्बन्धी पूजा,कथा तथा सांस्कृतिक गतिविधि आयोजना भइरहेका छन्। व्रतको कठिनाइका बाबजुद सन्तानको दीर्घायु र पारिवारिक सुख शान्तिका लागि श्रद्धा पूर्वक उपवास बस्ने परम्पराले मिथिलाको मौलिक संस्कृति र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्दै आएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान