काठमाडौं, असोज १६ :
प्रधानसेनापति अशोकराज सिग्देल सोमबार बेलायत भ्रमणमा जाने भएका छन् । बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल सोमबार सातदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
सिग्देल चीन भ्रमण सकेर फर्किएको दुई साताभन्दा कम समयपछि नै बेलायत जान लागेका हुन् । उनले भदौ २८ देखि असोज ३ गतेसम्म चीनको भ्रमण गरेका थिए ।बेलायत भ्रमणका क्रममा सिग्देलले बेलायती समकक्षी रोली वाकरसहित बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना